वागमती सरकारद्वारा काठमाडौंमा पर्यटन विकास आयोजना इकाई कार्यालय स्थापना

काठमाडौं ! वागमती प्रदेश सरकारको उधोग,पर्यटन,वन तथा वातावरण मन्त्रालय मातहत रहने गरि काठमाडौंमा पर्यटन विकास आयोजना इकाई कार्यालयको समुद्घाटन भएको छ।

वागमती प्रदेश सरकारका माननीय उधाेग, पर्यटन, वन तथा वातावरण मंन्त्री शान्ती प्रसाद पाैडेल,साथै माननीय राज्यमंन्त्री सरस्वती वाटी र वागमती प्रदेश सभासद माननीय केशव स्थापीतद्रारा संयुक्तरूपमा पर्यटन विकास आयाेजना अन्तर्गतको ईकाई कार्यालय काठमाण्डाैंकाे उदघाटन उद्घाटन गर्नुभएको हो ।

गत शुक्रबार आयोजित उक्त कार्यक्रममा मन्त्रालयका तर्फबाट सचिव,मन्त्री ज्युका निजि सचिव लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो।

यो कार्यालयले गर्दा अब उपत्यकामा आयोजना हुने प्रदेशका पर्यटन विकास आयोजनालाई कार्यान्वयन गर्न सहज हुने भएको छ।                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *