मुग्लिङ नजिकै खस्यो सुख्खा पहिरो : पृथ्वी राजमार्ग अबरुद्ध

धादिङ- सडक माथिबाट खसेको सुख्खा पहिरोका कारण मौवाखोला-मुग्लीन सडक खण्डमा पर्ने चितवनको ईच्छाकामना गाउँपालिकाको नाग्दी खोलामा पहिरो खसेको छ ।

पहिरोका कारण पृथ्वी राजमार्ग दुवैतर्फी बन्द भएको छ । पहिरो निकै ठुलो भएकोले खुलाउन केही समय लाग्ने प्रहरी चौकी कुरिनटारले जनाइएको छ ।

सडक अवरुद्ध हुँदा राजधानी प्रवेशका लागी आएका र राजधानीबाट तराईका जिल्ला प्रवेशका लागी गएका सयौँ सवारीका साधनहरू बाटोमा नै रोकिएका छन् ।

पहिरो खुलाउन करिब चार घण्टा भन्दा धेरै समय लाग्ने मुग्लिन प्रहरीले जनाएको छ । पहिरो पन्छाई सवारी सुचारु गराउन पहल भइरहेको छ ।