गएरातिको वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थान जलमग्न

काठमाडौं ! काठमाडौं उपत्यकामा पनि आज भारी वर्षा भएको छ । निरन्तरको वर्षाले काठमाडौंको अनामनगर, घट्टेकुलो, बिजुलीबजार, बबरमहललगायत क्षेत्रका सडक तथा होचा स्थान जलमग्न भएको छ ।

बागमति, धोबीखोला लगायत उपत्यकाका खोला किनारका आसपास क्षेत्र डुबानमा परेको छ । भक्तपुरको हनुमन्ते खोलामा बाढी बढेको छ, काठमाडौंको बागमति करिडोर क्षेत्रका कतिपय सडकमा पानी जमेको छ ।