अविरल वर्षाका कारण नागढुङ्गा-नौविसे सडक खण्ड अबरुद्ध

धादिङ- अविरल वर्षाका कारण आज बिहान खसेको पहिरोका कारण त्रिभुवन राजपथ नागढुङ्गा नौविसे सडक खण्ड अबरुद्ध भएको छ ।

धुनीवेशी नगरपालिकास्थित वडा-९ खत्रिपौवा भन्ने स्थानमा सुरुङ्ग मार्ग नजिकै लोदो सहितको पहिरो आउँदा सडक विहानैदेखी दुबैतर्फ बन्द भएको हो ।

सडक अवरुद्ध कारण राजधानीबाट बाहिरिने र राजधानी प्रवेशका लागी आएका सवारीका साधनहरु रोकिएका छन् । पहिरो पन्छाउने प्रयास भईरहेको छ ।

लेदोसहितको पहिरो भएकोले पन्छाउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनार्ईएको छ ।