बाढीपहिरोले देशभरका पाँच राजमार्ग पूर्णरूपमा अवरुद्ध, ४५ सडकमा एकतर्फी यातायात सञ्चालन

काठमाडौं ! बाढीपहिरोले देशभरका पाँच राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । ४५ सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको सडक विभागले जनाएको छ ।

विभागका अनुसार तमोर करिडोरअन्तर्गत चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक सडक पूर्णरूपमा अवरुद्ध भएको छ । करिडोरको माझीटार र हेवा खोलामा पहिरोले सडक अवरुद्ध बनेको हो । यस्तै कोशी राजमार्गको मुढेमा पहिरो खस्दा रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले,लेघुवाघाट-तुम्लिङ्गटार-खाँदवारी-नुम-किमाथाङ्का सडक अवरुद्ध बनेको छ ।

नुवाकोटको निगालेमा पहरो खस्दा बालाजु-त्रिशुली-धुन्चे-स्याफ्रुबेसी सडक अवरुद्ध बनेको छ । तानसेन-रिडी-कोरला सडक पनि अवरुद्ध छ । गुईंथेमा २२० केभीको टावर र फाउन्डेसनबाट ढुंगा झरिरहेकोले सडक अवरुद्ध भएको विभागले जनाएको छ । विभागका अनुसार मुस्ताङको ताङ्बेमा पहिरो खस्दा तानसेन-रिडी-कोरला सडक पनि अवरुद्ध भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *