काठमाडौं उपत्यकाका विभिन्न खोलामा जलसतह बढ्दो, सावधानी अपनाउन आग्रह

काठमाडौं ! जल तथा मौसम विज्ञान विभाग‍ले बागमती नदीसहित उपत्यकामा बग्ने अन्य नदी र खोलाहरूमा जलसतह बढ्दै गएकाले सावधानी अपनाउन अनुरोध गरेकाे छ।

विभागका अनुसार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ।

काठमाडौं जिल्लाको बुढानीलकण्ठ, सुन्दरीजल तथा भक्तपुर जिल्लाको नगरकोटसहित आसपासका क्षेत्रमा भारी वर्षा भइरहेकाे हाे।

जसका कारण बागमती नदीसहित उपत्यकामा बग्ने अन्य नदी र खोलाहरुमा जलसतह बढ्दै गएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार विष्णुमती, धोविखोला र मनोहरा लगायत खोलामा जलसतह बढ्दो छ। केही ठाउँमा जलसतह बढेर सतर्कताको तहमा पुगेको विभागले जनाएको छ।

नदी तटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *