काठमाडौं ! मुग्लिन-नारायणगढ सडकखण्ड पुन: अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार बिहान ७ बजे इच्छाकामना गाउँपालिका-६ कालीखोलामा पहिरो खसेपछि आवगमन अवरुद्ध भएको हो।
पहिरो पन्छाउने काम भइरहेको प्रहरीको भनाइ छ ।