पाँचथरमा बाढीको वितण्डा : बगायो हेवा खोलाको पुल, मेची राजमार्गपनि अवरूद्ध

काठमाडौं ! पाँचथरमा अविरल वर्षासँगै आएको बाढीले हेवाखोलाको पुल बगाएको छ।

सदरमुकाम फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पक्की पुल गएरातिको बाढीले बगाएको पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

हेबा खोलाको पुल बाढीले बगाएपछि मेची राजमार्ग अवरुद्ध भएको छ।

मनसुनको प्रभावले पूर्वी पहाडी जिल्लामा केहीदिनदेखि अविरल वर्षा भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीले अहिलेसम्म पाँचजना बेपत्ता भएका छन्। उनीहरूको खोजी सुरू भएको डिएसपी खतिवडाले जानकारी दिए।

 

उनका अनुसार बेपत्ताको संख्या अझै बढ्न सक्ने अनुमान छ ।

हराईरहेका मानिसहरुको पहिचान  र  आफन्तसंग सम्पर्क गर्ने कार्य भइरहेको डिएसपी खतिवडाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *