कैलाली बाढी प्रभावित क्षेत्रमा सरकार खोज्दै जनता : एमाले कार्यकर्ता मात्र दु:खको सहारा बन्दै

 

काठमाडौं ! नेकपा(एमाले)को भ्रातृसंगठन अनेरास्ववियु र रास्ट्रीय युवासंघ नेपालका कार्यकर्ताले कैलालीको टिकापुरमा बाढी प्रभावित क्षेत्रहरुमा राहत वितरण गरेका छन।

गत आइतवार रातिबाट अविरल रुपमा परेको बेमौसमी वर्षाका कारण देशका विभिन्न ठाउमा जनधनको क्षति भएको छ। उक्त क्षतिप्रति दु:ख व्यक्त गर्दै नेकपा(एमाले)ले आफ्ना कार्यकर्तालाई उद्दार र राहतमा खटिन निर्देशनपनि दिएको छ।
सोही निर्देशन बमोजिम कैलाली अनेरास्ववियु र रास्ट्रीय युवा संघले पिडित परिवारलाई उक्त स्थानमा पुगि राहत वितरण गरिरहेको छ।

कर्णाली नदिको बहाब बढेर उक्त नदि बढी बस्तिमा पसेर कयौं घरहरु डुबानमा परेका छन।घरहरु डुबानमा परि त्यस टिकापुर क्षेत्रमा सयौं मानिसहरुका धानखेत पनि नस्ट हुनुका साथै परिवारहरु बिचल्लीमा परेका छन। सरकारको उपस्थिति नदेखिएको उक्त परिवेसमा अनेरास्ववियु कैलाली र रास्ट्रीय युवा संघ कैलालीको यो अभियानले पिडितको घाउमा केही राहत मिलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *