वर्षाका कारण प्रभावित किसानका लागि तत्काल राहत प्याकेज घोषणा गर : पुर्वमन्त्री राना

काठमाडौं । पुर्वमन्त्री,प्रतिनिधिसभा कैलाली क्षेत्र न.५ का सांसद एवं नेकपा एमालेका केन्द्रिय सदस्य नारदमुनी रानाले वर्षाका कारण प्रभावित किसानका लागि तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ ।

मुलुकभर तीन दिनदेखि जारी वर्षाका कारण ठूलो संख्यामा किसान प्रभावित भएको भन्दै रानाले सरकारसँग राहत प्याकेज तत्काल घोषणा गर्न माग गर्नुभएको हो । बर्षाका कारण सुदुरपश्चिम प्रदेशमा ठूलो जनधनको क्षति भएको छ ! विशेषगरि किसानले धानबाली काटेर भित्र्याउने समयमा अविरल बर्षाले किसानको काटेको धानबाली नस्ट गरेको छ।तराईका जिल्लाहरुमा किसानका धानबाली नस्ट भएका छन भने बाढिले गर्दा घर/बस्तीहरु प्रभावित बनेका छन साथै पहाडी जिल्लाहरुमा पहिरोका कारण कयौ घरहरु नस्ट भै जनधनको क्षति भएको छ।आइतबार साझदेखिको अविरल बर्षाले यसपाली सुदुरपश्चिममा ठूलो जनधनको क्षति पुगेको छ। पुर्वमन्त्री एवं सांसद रानाले बुधबार एक विज्ञप्ति जारी गर्दै वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ साथै यथाशीघ्र क्षतिभएको जनधनको अन्वेषण गरि राहतका लागि सरकारसग जोडदार माग गर्नुभएको छ। पुर्वमन्त्री एवं सांसद रानाले जारी गर्नुभएको विज्ञप्ति यस्तो छ:-

यही मिति २०७८ असोज ३१ गते आइतबार साँझदेखि अविरल रूपमा भइरहेको बेमौसमी वर्षाका कारण कैलाली सहित देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान, कटानले भएको भौतिक क्षति तथा कृषकहरूले लगाएका बालीहरु, तरकारी लगायतमा ठुलो क्षति भएको छ । कृषि माथि आश्रित लाखौं किसान परिवारमाथि ठूलो बज्रपात भएको छ । यस विषम परिस्थितिमा आम जनसमुदायले व्यहोर्नु परेको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दछु। वर्षाका कारण ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारको क्षतिको बिबरण लगत तुरुन्त संकलन गरी उपयुक्त राहत प्याकेज को ब्यवस्था मिलाउन सरकारसँग माग गर्दछु । बेपत्ता परेका ब्यक्तिहरुको खोजी तथा उद्दार कार्यमा तिब्रता दिन ध्यानाकर्षण गराउँदछु। यस अवस्थामा प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापनका कार्यमा खटेकासुरक्षाकर्मी, सामाजिक संघसंस्था, आम नागरिकहरूमा धन्यवाद दिदै थप उद्दार, ब्यवस्थापन, राहत कार्यमा लागिदिन समाजसेबी, युवा लगायत आम समुदायमा हार्दिक अनुरोध समेत गर्दछु। साथै आउने दिनहरुमा मौसम पूर्वानुमानको प्रभावकारी व्यवस्था गर्न, किसानलगायत आम नेपालीहरूले अप्रत्यासित रुपमा आउने यस्ता विपत्तिहरूको पूर्व जानकारी पाउने व्यवस्था सुनिश्चित गर्न समेत सरकारसँग माग गर्दछु !
नारद मुनी राना
प्रतिनिधि सभा सदस्य
कैलाली ५                                                                                             

Leave a Reply

Your email address will not be published. Required fields are marked *