नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं ! नारायणगढ–मुग्लिन सडक खण्डको १८ किलो भन्ने स्थानमा करिब ८ बजेको समयमा लेदो सहितको पहिरो खसेको छ । रातो माटोसहित लेदो पहिरो खसेपछि सडक खण्ड दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

पहिरो पन्छाउन घटनास्थलमा लोडर पुगेको चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए। उक्त देलोका कारण केही घण्टा सडक अवरुद्ध हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *