पहिरोका कारण पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध

काठमाडौं ! हिजो साँझदेखि लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । पर्वतको मोदी गाउँपालिका–५ बाजुङ स्थित भ्याप्लेमा पहिरोका कारण गए रातिदेखि नै सडक अवरुद्ध भएको त्यहाँको प्रशासनले जनाएको छ ।

ढुङ्गाहरु माथिबाट सडकमा झरेका कारण तत्काल खुलाउन नसकिएको जिल्ला ट्राफिक प्रहरीले बताउनु भयो । त्यस्तै सोही स्थानभन्दा केही अगाडि मोदीखेतमा पनि सडकमा ढुङ्गा झरेर अवरुद्ध भएको छ । भ्याप्लेको पहिरो पन्छाएपछि उक्त ढुङ्गा पन्छाएर सडक खुलाइने जनाएको छ ।

सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका अन्य सवारीसाधन आम्बोट र पातीचौरमा थन्किएका छन्। उक्त अवरुद्ध सडक खुलाउनलाई सबैपक्षले पहल गरिरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *