मैले चिनेको राजेन्द्र रावल – सि.पी. खत्री

सि.पी. खत्री कंचनपुर

आदरणीय माननीय राजेन्द्र सिंह रावल नेकपा(एमाले) केन्द्रीय कमिटी (पोलिटब्युरो) सदस्य एवम् सुदूरपश्चिम प्रदेशको सह-इन्चार्ज हुनुहुन्छ। उहाँसँग बि.सं.२०६४ सालमा पहिलो पटक भेट भएको सम्झना छ। हामी बि.सं.२०६४ सालको चुनावमा तत्कालीन अवस्थामा माओवादीकाे जनयुद्धकाे रापताप साथ साथै जनताको धेरै ठुलाे अपेक्षाका साथै बढदाे जनलहरले अवसरवादी चरित्रका हाम्राे ठुला नेता देखि कार्यकर्ता सम्मले एमाले छाेड्दा त्यसबेलाको खस्कदाे जनमत र पार्टी संकटमा हुंदापनि एमाले जाेगाइ राख्ने व्यक्ति हो माननीय राजेन्द्र रावल।

पहिलाे संविधान सभाको चुनावमा कञ्चनपुर क्षेत्र नम्बर ०४ बाट उम्मेदवारी दिएर पार्टी र कार्यकर्ता बचाउन उहाँको ठूलो योगदान छ। निर्वाचनका समय अवहरात्र खट्ने,पार्टीको हरेक कार्यक्रममा सहभागी हुने,युथफोर्सकाे टिसर्ट लाउने,र्यालीमा नारा लाउने सिमित मुठ्ठीभर कार्यकर्तामध्ये म पनि एक थिए। रातदिन संघठन निर्माणमा निरन्तर लागि रहने र उहांकाे त्याे शैली मैले कहिले नभुल्ने ” काटे ढले ढल्छ शरीर ,ढल्दैन बिचार याे” भन्ने संगठन प्रतिको लगाव, क्रियाशीलता, निरन्तरता उहाँको राजनीतिका सबल पक्ष हुन् भने प्रखरवक्ता ,तीब्र आलोचनात्मक चेतना सहित प्रयोग गर्ने भाषाशैली , तथ्यपरक अभिव्यक्तिका कारण आलोचना गर्नेहरुले आलोचना गरेकाे मैले देखेकाे छु।

मेराे कलिलै उमेर हुँदा तिमी नेता बन्न सक्छौ भनेर उत्साह थप्ने मेराे आदरणीय गुरु शान्ति प्रशाद भट्ट ज्यु अनि राजनितीमा ताते ताते गर्दै डाेराउने मेराे अभिभावकत्व निर्वाह गर्ने समाजसेवी युवा नेता आदरणीय किशोर कुमार लिम्बु हुनुहुन्छ भने नेता भन्ने बितिकै मानसपटनमा आउने आदर्श व्यक्तित्वहरुकाे छाप आदरणीय क. नैनसिंह खड्का र क. राजेन्द्र सिह रावललाई जान्छ, जसका कारण मलाई राजनीतिमा बढी आकर्षित बनायाे। लोकसाहित्य कला संस्कृति र इतिहासका अध्यता रावलको मध्यकालिन डोटी राज्यको इतिहास नामक पुस्तक अंग्रेजी भाषामा प्रकाशित भैसकेको छ भने नेपाली भाषामा प्रकाशोन्मुख छ। नेता रावल नेकपा(एमाले) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेता सर्वसम्मत चयन हुँदै मुख्यमन्त्रीकाे लागि मार्ग प्रस्तुत भएको छ भने उहाँ सिनियर नेता भएकोले स्वाभाविक दाबेदार हुनुहुन्थ्यो। सत्ता साझेदार दलहरूले गरेको भद्र सहमति अनुसार सुदूरपश्चिम प्रदेशमा आलोपालोको सिद्धान्त लागू हुँदा पहिलो पटक एमालेले नेतृत्व गर्ने निर्णय भएपछि रावल मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

प्रदेश प्रमुखबाट गरिएको आह्वान आज २७ सम्म छ र सत्ता गठबन्धनले रावललाई मुख्यमन्त्रीमा आजै प्रस्ताव गर्दैछ।औपचारिक रुपमा नियुक्ति गर्न बाकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *