सेनामा खुल्यो जागीर

काठमाडौं । नेपाली सेनाले सैन्य पदका लागि आवेदन आह्वान गरेको छ । १८  वर्षदेखि २२ वर्ष उमेर समूहका नेपाली नागरिकले आवेदन दिनसक्ने छन् ।
आजबाट वैशाख १६ गतेसम्म दरखास्त दिन सकिने नेपाली सेनाले जनाएको छ । खुला तथा समावेशीसहित चार हजार सैन्य पदका लागि भर्ना खोलिएको हो ।

खुलातर्फ दुई हजार ९८, कर्तब्य पालनाका क्रममा ज्यान गुमाएका नेपाली सेनाका सन्ततीका लागि ११०, महिला ३५८, आदीबासी जनजातीतर्फ ५७२, मधेसी ५०५, दलित २७२ र पिछडिएको क्षेत्रबाट ८५ सहित जम्मा चार हजार पदका लागि आवेदन आह्वान गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *