प्रधानसेनापति आजबाट बिदामा,प्रभुराम शर्मा कायममुकायम

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा आजबाट अवकाश बिदा बस्दैछन् । थापा बिदामा बसेकाले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी प्रभुराम शर्माले सम्हालेका छन् ।

थापा ३ वर्षे कार्याकाल आगामी भदौ २५ मा सकिँदैछ । नेपाली सेनामा अवकाशको एक महिना अगाडि प्रधानसेनापति घर बिदा बस्ने परम्परा छन् । घर बिदामा बस्नु अघिल्लो दिन थापा र भावी प्रधानसेनापतिबीच बुझबुझारथ सम्पन्न भएको थियो ।

थापा घर बिदामा बसेसँगै नेपाली सेनाको कमाण्ड अनौपचारिक रूपमा रथी प्रभुराम शर्माले सम्हालेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि नै आजदेखि लागू हुनेगरी शर्मालाई कायममुकायम प्रधानसेनापति तोकिसकेकी छन् । औपचारिक रूपमा भने शर्माले आगामी भदौ २५ बाट सेनाको नेतृत्व लिनेछन् ।

शर्मा व्रह्मण समुदायबाट नेपाली सेनाको नेतृत्वमा पुग्ने पहिलो व्यक्ति हुन् । विक्रम संवत २०२० मा काठमाडौंमा जन्मिएका शर्मा १७ वर्षमा सैनिक सेवामा प्रवेश गरेका थिए । उनीसँग नेपाली सेनाका गुल्म, गण, बाहिनी, पृतनासँगै जंगी अड्डास्थित सैनिक सचिव, भर्ना छनोट निर्देशक, नीति तथा योजना निर्देशक,  सम्भाररथीलगायतको अनुभव छ ।

शर्माले स्वदेश तथा विदेशका विभिन्न व्यवसायिक तालिम हासिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *