कैलालीमा प्रधानमन्त्री सहित मन्त्रीहरुले गरे राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन

काठमाडौं ! प्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गरेका छन्।

आइतबार मन्त्रिपरिषद्को बैठकले प्रस्तावित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो।

त्यसलगत्तै प्रधानमन्त्री दाहाल सो विश्वविद्यालयको पछिल्लो अवस्थाको निरीक्षणका लागि कैलाली पुगेका हुन्।

दाहालसंगै निरीक्षणमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, मुख्य सचिव शंकरदाश बैरागीलगायत थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *