सरकारसँग ५ बुँदे सहमति गर्दै तोडियो निहारिकाको अनसन

काठमाडौं : न्याय माग गर्दै आमरण अनशनमा बसेकी सोनाली कुमारी सिंह (निहारिका) र सरकारबीच पाँचबुदे सहमति भएको छ।

राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिसँग सहमति भएपछि निहारिकाले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनशन तोडेकी हुन्।

छोराको डीएनए परीक्षणको कानूनी प्रक्रिया अघि बढाउन पहल गर्ने, छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, निहारिकाको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्नेलगायत सहमति भएको हो।

सहमति पत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अनशनकर्ता निहारिका, सुनिता गौतम र लोग्शरी कुँवरलगायतले हस्ताक्षर गरेका छन्।

आफूलाई बलात्कार गर्ने स्थानीय शिवराम श्रेष्ठलाई कानुनी कठघरामा ल्याउन माग गर्दै महोत्तरीकी जलेश्वर नगरपालिका ९ निहारिका  गत जेठ २७ मा आमरण अनशनमा बसेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *