एन्फाको अध्यक्षमा पंकज विक्रम नेम्वाङ निर्वाचित

काठमाडौं ! पंकज विक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएका छन् । नेम्वाङले अध्यक्षका अर्का प्रत्यासी कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गरेका हुन् । नेम्बाङले ४५ मत प्राप्त गर्दा शेर्पाले ३९ मत प्राप्त गरे ।

सोमबार काठमाडौंको बुढानीलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट नेम्वाङ अध्यक्षमा चुनिएका हुन् । अध्यक्षका अर्का प्रत्यासी राजीव पौडेलले भने एक मत पनि पाएनन् ।

नेम्वाङ र शेर्पा दुवै प्यानल बनाएर मैदानमा उत्रिएका थिए । शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुली तथा चार उपाध्यक्षमा विज्ञानराज शर्मा, उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी र रत्नकुमार श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *