पोखरा विमानस्थलमा उडानका लागि कतारी एयरलाइन्सले पत्राचार गर्दा नेपाल पक्षले चासो दिएन : कतारी राजदूत

काठमाडौं ! नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अल हेलले पोखरा विमानस्थलमा सीधा उडानका लागि कतारका एयरलायन्सहरुले नेपालका निकायहरुमा पत्राचार गर्दा पनि नेपाल सरकारले चासो नदिएको गुनासो गरेका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आफ्नो बिदाई भेटका क्रममा राजदूत युसुफले पोखरा लगायतका विमानस्थलमा अन्तराष्ट्रिय उडानका लागि कतारका एयरलाइन्स कम्पनीहरुले नेपालका निकायहरुमा पटक पटक पत्राचार गरेपनि नेपाली पक्षबाट प्रतिकृया नपाएको गुनासो गरेका हुन् । उनले नेपालले चासो राखेर अघि बढे पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थलबाट सिधा उडान नियमित गर्न कतारका एयरलाइन्स कम्पनीहरु तयार रहेको पनि बताएका छन् ।

राष्ट्रियसभा अध्यक्ष सँगको भेटमा राजदुत मोहम्मद अल हेलले नेपाली श्रमिकले कतारको विकासमा पुर्याएको योगदानको प्रशंशा गर्दै नेपाली श्रमिकहरुलाई बढीभन्दा बढी सुविधा उपलब्ध गराउन विषयमा कतार गम्भीर रहेको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *