एक लाख घुस लिएको आरोपमा वरिष्ठ हवल्दार सिंह नियन्त्रणमा

काठमाडौँ ! अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको बुढानीलकण्ठ प्रहरी प्रभागमा कार्यरत वरिष्ठ हवल्दारलाई सेवाग्राहीबाट घुस लिएको आरोपमा नियन्त्रणमा लिएकाे छ।

अख्तियारको टोलीले विष्णु सिंहलाई बुधबार बुढानीलकण्ठ नगरपालिका वडा नं. २ वासिकबाट नियन्त्रणमा लिएकाे गरेको हो।

उनले खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएकाे अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

सोही सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सिंहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा र उक्त रकमको स्रोत नखुलेको ६२ हजार ५१५ रुपैयाँसहित सहित पक्राउ गरिएको अख्तियारले जनाएकाे छ।

उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *