शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनालाई अख्तियारले समात्यो

काठमाडौं ! रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना घुस रकमसहित पक्राउ परेका छन् ।

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, वडा नम्बर ७ का वडाअध्यक्ष भीमबहादुर यादव र विचौलिया विनोद भरलाई घुससहित पक्राउ गरेको हो ।

गाउँपालिका कार्यालयको चमेना गृहमा ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा तीनै जनालाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । नदीबाट नदीजन्य पदार्थ उत्खननका लागि घुस मागेको उजुरीका आधारमा उनीहरूलाई घुससहित नियन्त्रणमा लिइएको दाहालले बताए ।

पक्राउ परेकालाई नियन्त्रण्मा लिएर थप अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *