धनगढी स्थित एक बिद्यालयका प्रधानाध्यापक सहित ३ जनालाई कैद

धनगढी ! धनगढीको एक बिद्यालयका प्रधानाध्यापक सहित ३ जनालाई कैद सजाय सुनाइएको छ । धनगढीको बेहडाबाबा माध्यमिक बिद्यालयका तत्कालिा प्रधानाध्यापक गोबिन्द ओझा सहित ३ जनालाई भ्रस्टाचार मुद्धामा बिश्ेष अदालतले दोशी ठहर गर्दै ६ महिना कैद सजाय सुनाएको हो ।

अदालयते सोमबार प्रधानाध्यापक ओझा सहित ब्यवस्थापन समिति अध्यक्ष दवारी राना र लेखापाल गोपाल सेटीलाई बिगो अशुल गर्ने गरी दोशी ठहर गर्दै ६ महिना कैद सजाय तोकेको हो । बिशेष अदालतले तीनैजनालाई ६÷६ महिना कैद र बिगो असुलउपर गर्ने फैसला सुनाइएका बिशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले बताए उनीहरूलाई प्रतिव्यक्ति ३ लाख २५ हजार ९ सय ९२ रुपैयाँ बिगो भराउने फैसला भएको हो ।

२०७० सालदेखी गैरहाजिर रहेका शिक्षकहरुलाई जानकारी नगराई करिब ३ बर्षको तलवभत्ता भुक्तानी लिएको आरोपप पत्रमा उल्लेख छ । यस्तै बिद्यालयका समान खरिदमा झुटा बिल भर्पाई बनाई रकम निकासा समेत गरेको पाइएको अख्तियारको निश्कर्ष थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *