अनेरास्ववियु कर्णाली प्रदेश कमिटीको अध्यक्षमा राजेश ओली सर्वसम्मत चयन

काठमाडौं !  नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन कर्णाली प्रदेश कमिटीको अध्यक्षमा राजेश ओली सर्वसम्मत चयन भएका छन्।

अनेरास्ववियुको प्रथम प्रदेश अधिवेशनले ओलीको नेतृत्वमा सिंगो प्रदेश कमिटी सर्वसम्मत चयन गरेको हो।

दैलेख जिल्लामा सम्पन्न भएको अनेरास्ववियुको प्रथम अधिवेशनले अध्यक्षमा ओलीलाई चयन गरेको छ भने उपाध्यक्षमा विवस भारती, मन्सुन दाहाल, संजया योगी चयन गरेको छ भने सचिवमा धर्म शाही, सहसचिवमा प्रतिभा शाही, प्रकाश मल्ल र रोशनी शाही तथा कोषध्यक्षमा शाहीलाई सर्वसम्मत चयन गरेको हो।

अधिवेशनले ३२ सदस्यसहित ४१ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो। अधिवेशनमा कर्णाली प्रदेशका दशवटै जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको छ।