अनेरास्ववियु सुदूरपश्चिमको अध्यक्षमा मनोज राई र सचिवमा कमल रोकाया निर्वाचित(पदाधिकारीको सूचि सहित))

धनगढी ! अनेरास्ववियु सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ। बुधबारबाट सुरु भएको अधिवेशन,बुधबार दिउँसो खुलासत्र सकिएर साँझ बन्दसत्रमा प्रवेश गरेको थियो। उक्त बन्दसत्रबाट अनेरास्ववियुको केन्द्रीय नेतृत्वसहितको टिमले सर्वसम्मत नेतृत्व घोषणा गरेको छ। यस् प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको सूचि यस्तो छ –
अध्यक्ष: मनोज राई
उपाध्यक्ष: इन्द्र बोहोरा
रोहित बोगटी
दिनेश सिंह
सचिव :कमल रोकाया
सह सचिव : यशोदा थापा
पुष्कर दौल्याल
नरेन्द्र साउद
कोषाध्यक्ष: जेबी कुँवर