१० दलिय गठबन्धनलाई पछि पार्दै देशभरी अनेरास्ववियुको एतिहासिक अग्रता

काठमाडौं ! स्वतन्त्र विद्यार्थी युनियनकाे नतिजा आउने क्रम जारी छ ।

प्राप्त नतिजाअनुसार अहिलेसम्म नेकपा एमालेनिकट अनेरास्ववियुले सबैभन्दा धेरै क्याम्पसमा जित हासिल गरेकाे छ । नेविसंघ अनेरास्वियुलाई पछ्याइरहेकाे छ ।

अहिलेसम्म १६७ क्याम्पसको नतिजा आइसक्दा अनेरास्ववियुले ७९ स्थानमा जितेकाे छ ।

नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले ५१ तथा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ३० स्थानमा जित हासिल गरेकाे छ ।

स्वतन्त्रसहित अन्य विद्यार्थी संगठनले सात स्थानमा जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *