अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित : यस्ता छन् अन्य निर्वाचित पदाधिकारीहरु

काठमाडौं ! एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं महाधिवेशन सम्पन्न भएको छ। उक्त महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन भने उपाध्यक्षमा गोविन्द गिरी,नारायण घर्ती,धर्म गिरी,मर्यादा बिष्ट विजयी भएका छन् । त्यसैगरी महासचिवमा नरेश रोकायाले बाजि मारेका छन् । सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई,दिपक धामी र बिनिता काफ्ले चुनिएका छन् । त्यसैगरी कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् ।

सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गएराति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । निर्वाचनमा १५१७ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *