अनेरास्ववियुको नेतृत्वका लागि आज मतदान प्रक्रिया हुँदै

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि आजबाट मतदान प्रक्रिया सुरु हुँदैछ ।

लामो समय निर्वाचनबाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियाबाट नेतृत्व चयन गर्ने घोषणा गरेको हो ।

त्यसका लागि निवर्तमान अध्यक्ष सुनिता बरालले हिजो नै आफ्नो कमिटी भङ्ग भएको भन्दै भानुभक्त ढकाल नेतृत्वको अध्यक्ष मण्डलको घोषणा गरिसकेकी छिन् ।

जसमा खिमलाल भट्टराई, विनोद ढकाल, रचना खड्का, माधव ढुङ्गेल, किशोर विक्रम मल्ल, नबिना लामा, ऐन महर र सुनिता बराल सदस्य रहेका छन् ।

अखिलको भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोती विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन् । महाधिवेशनमा सहभागी हुन देशभरिबाट एक हजार ८० प्रतिनिधि आएका छन् । अनेरास्ववियुको २३ औं महाधिवेशनको उद्घाटन मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *