एसईई दिने विद्यार्थी लक्षित अनेरास्ववियु धनगढी नगर कमिटीले नि:शुल्क ट्युसन संचालन गर्दै

काठमाडौं ! सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा अनेरास्ववियुले एसईई दिने तयारीमा रहेका विद्यार्थीका लागि निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ ।

अनेरास्ववियु धनगढी नगर कमिटिले आउँदो माघ १० गतेदेखि विज्ञान र गणित विषयको निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्ने भएको छ ।

नगर अध्यक्ष नितिश जोशीले सर्वहारा र श्रमजीवी वर्गका विद्यार्थीहरुको उज्जवल भविष्यका लागि धनगढीमा विज्ञान र गणित विषयको निःशुल्क कक्षा सञ्चालन गरिने लागेको जानकारी दिए ।

अबको पालो शैक्षिक क्रान्तिको भन्ने नाराका साथ कक्षा चलाइरहेको उनको भनाई छ । उक्त कार्यक्रममा सहभागी भएर एसईई परीक्षा दिने तयारीमा रहेको विद्यार्थीले लाभ उठाउने सक्ने जोशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *