अनेरास्ववियुले बाजुरा घटनाका दोषीलाई कारवाहीको माग गर्दै डिआइजीलाई बुझायो पत्र

काठमाडौं ! अनेरास्ववीयु सुदूरपश्चिम विश्वविद्यालय इकाइ कमिटि अध्यक्ष चेतन ऐडीको हत्या प्रकरणको सत्यतथ्य छानविन गरेर दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरिएको छ। अनेरास्ववीयु सुदूरपश्चिम प्रदेश कमिटिले डीआईजी मोहनकुमार आचार्यलाई ज्ञापनपत्र बुझाउदै ऐडीको विभत्स हत्या गरेको घटनाको छानविन गरी दोषीलाई कारवाहीको माग गरेको हो।

मंसिर ४ गते भएको निर्वाचनका दिन बाजुराको त्रिवेणी नगरपालिका ७ को मतदान केन्द्रमा भएको विवादलाई लिएर अनेरास्वयुका केन्द्रीय सचिवालय सदस्य समेत रहेका ऐडीको कुटपिट गरेर हत्या गरिएको थियो। घटना भएको हप्ता दिन पुग्नै लाग्दा समेत दोषीलाई कारवाहीको दायरामा नल्याइएको भन्दै अनेरास्ववीयुले आपत्ती जनाएको छ। डीआईजीलाई बुझाइएको ज्ञापन पत्रमा विभिन्न चार बुँदे माग राख्दै २४ घण्टा भित्र पूरा गर्न भनिएको छ। माग पूरा नभए आन्दोलनको चेतावनी दिइएको छ।

अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष मोती बिकले डीआईजी आचार्यलाई ज्ञापन पत्र बुझाएका थिए। उक्त कार्यक्रममा अनेरास्ववियु सुदूरपश्चिमका अध्यक्ष मनोज राइ लगायतका विद्यार्थीे नेताको उपस्थिती थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *