त्रिभुवन विमानस्थलमा उडान अवतरण सुरू, चार वटा जहाज डाइभर्ट

काठमाडौं ! त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण सुरू भएको छ। शुक्रबार बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण भिजिविलिटी नपुगेर बन्द भएको विमानस्थल केहीबेर अघि खुलेको हो।
विमानस्थल स्रोतका अनुसार आकाशमा घुम्दै गरेका जहाजलाई क्रमशः अवतरण गराउन थालिएको छ। यसक्रममा कतारको दोहाबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको विमान अवतरण भइसकेको छ।

यसअघि बिहानै आएका चारवटा जहाजलाई भने डाइभर्ट गरिएको छ। सिमराको आकाशमा तीन घण्टासम्म फन्को लगाउँदासमेत अवतरण गर्न नसकेपछि ती जहाजलाई अन्यत्रै डाइभर्ट गरिएको हो।
तीन वटा जहाजलाई ढाका र अर्को जहाजलाई कोलकातामा डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

फ्लाइ दुबईको जहाजलाई कलकत्ता डाइभर्ट गरियो भने साउदीको दमामबाट आएको हिमालय एयरलाइन्स, कुवेतबाट आएको जजिरा एयरलाइन्स र दोहाबाट आएको हिमालय एयरलाइन्सलाई ढाका डाइभर्ट गरिएको विमानस्थल स्रोतले जानकारी दिएको छ।
बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम हुँदा आज बिहानैदेखि उडान र अवतरण प्रभावित भएको थियो।
यस्तै आन्तरिक तर्फको उडान पनि क्रमशः खुलेको छ। विमानस्थल खुलेसँगै आन्तरिक सेवा प्रदायकहरूले उडानको तयारी गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *