पोखरामा विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय विमान अवतरण हुँदै

काठमाडौं ! पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।

‘सिचुवान एयरलाइन्स’ को जहाज पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न लागेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

१ सय ३० जना यात्रु रहने उक्त जहाज चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आउन लागेको हो। सो जहाज आज बुधबार बिहान ९ः३० बजे पोखरा विमानस्थल अवतरण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *