करिब ७ महिना सम्ममा पोखरा अन्तरास्ट्रिय विमानस्थल संचालनमा ल्याउने पर्यटनमन्त्री आलेको उद्घोष

काठमाडौं ! संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले आठ महिनाभित्र पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने बताउनु भएको छ। मन्त्री आलेले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको १० दिनभित्र क्यालिब्रेशन फ्लाईट गर्ने जानकारी दिनुभयो ।

आज काठमाडौंमा आयोजित वायु सेवा संचालक संघ, नेपालको २१ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले  व्यवसायीहरुको योगदानकै कारण नेपालको विमानस्थल लगायतका हवाई उडानको क्षेत्रले प्रगति गर्दै गएको पनि बताउनु भयो ।
‘हामी करिब ७ देखि ८ महिनाको बीचमा पोखरा अन्तराष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाईट गरेर छिट्टै संचालनमा ल्याउने तयारी गरिरहेका छौं । त्यतिमात्रै नभएर गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा मलाई लाग्छ, हप्ता, १० दिन भित्र क्यालिब्रेशन फ्लाईट गर्दैछौं । त्यसलाई पनि छिट्टै संचालनमा ल्याउँदैछौं । आज यहाँ आएर भनिरहँदा भनिरहँदा यो जुन व्यवसायमा आदरणीय आवद्ध व्यक्तित्वहरु हुनुहुन्छ । हजारौंलाई रोजगार सृजना गर्नु भएको छ । यो राज्यले गर्न सक्नेभन्दा बढि योगदान यहाँहरुले दिनु भएको छ । यसका लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।’मन्त्री आलेले भन्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *