विमानस्थलमा सञ्चार सम्पर्क नहुँदा जहाजको उडान र अवतरण नै बन्द

काठमाडौं !  त्रिभुवन विमानस्थलमा विमानस्थल र जहाजबीचको सञ्चार सम्पर्क टुट्दा काठमाडौँबाट कुनै पनि जहाज उड्न सकेका छैनन् ।

दुबई, नयाँदिल्ली र अबुधावीबाट काठमाडौँ आएका जहाज काठमाडौँकै आकाशमा घुमिरहेका छन् । देश भित्रकै आन्तरिक विमानस्थलबाट आएका जहाज पनि आकाशमै होल्ड गरिरहेका छन् ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले विमानस्थलमा कार्यरत एयर ट्राफिक कन्ट्रोलर (एटिसी) र आकाशमा जहाज उडाइरहेका पाइलटबीच हुने संवाद नबुझिने गरी (झ्यार झ्यार) प्राविधिक समस्या आएको बताएका छन् । अहिले उक्त प्राविधिक समस्या समधानका लागि काम भइरहेको उनको भनाइ छ ।

यस्तो समस्या आज दिउँसो २ः३० बजेको समयबाट सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *