भोलि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ६ घण्टा बन्द हुने

काठमाडौं ! बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ६ घण्टा बन्द हुने भएको छ । बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलबाट कुनै पनि उडान र अवतरण नहुने भएको हो ।

विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीका अनुसार विद्युत आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउन अनलाइन यूपीएस जडान गर्ने कामका कारण उक्त समयमा उडान अवरुद्ध हुने भएको हो ।

विमानस्थलले उक्त समयमा उडान तालिका रहेका यात्रुहरुले आफूले टिकट लिएका वायुसेवा कम्पनीसँग सम्पर्क गर्न अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *