फ्रिक्वेन्सी डाउन हुँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान र अवतरण बन्द

काठमाडौं ! जहाज उडान र अवतरण हुन नसक्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अवस्था भयावह बनेको छ । एप्रोच र एरिया कन्ट्रोल फ्रिक्वेन्सी डाउन भएपछि विमानस्थलबाट कुनै पनि जहाज उडान र अवतरण हुन सकेका छैनन् ।

एप्रोच र एरिया कन्ट्रोल फ्रिक्वेन्सी डाउन हुँदा जहाजलाई निर्देशन दिन नसकिएकाले विमानस्थलमा आगमन र प्रत्यागमन बन्द भएको हो ।

त्रिभुवन विमानस्थलका प्रवक्तासमेत रहेका अपरेशन विभागका निर्देशक टेकनाथ सिटौलाले यसबारे आफूले बुझ्ने काम गरिरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *