त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुखमा प्रतापबाबु तिवारी

काठमाडौं ! त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(टिआईए)को महाप्रबन्धकको जिम्मेवारी प्रतापबाबु तिवारीले पाएका छन् ।  नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख हेरफेर गरेको जानकारी दिए ।

तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस मागेको अभियोगमा निलम्बनमा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले तिवारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी दिएको हो । तिवारी यस अघि नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको प्रमुख थिए ।

प्रवक्ता निरौलाका अनुसार प्राधिकरणले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुखमा हंश राज पाण्डेलाई पठाईएको छ । पाण्डे यस अघि एभिएसन सर्भिसेज निर्देशनालयको प्रमुख थिए । भैरहवाका महाप्रबन्धक गोविन्द दाहाल यसैसाता सेवा निवृत्त हुँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *