नेपाल एयरलाइन्सको विकृति विरुद्ध मन्त्री आलेको एक्सन : विमानस्थलमा अलपत्र परेका यात्रुको उद्दार

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेमबहादुर आलेले नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको छड्के अनुगमन गरेका छन् । हिजो भोजपुरका लागि उडेको नेपाल एयरलाईन्सको विमानले आधा यात्रु लैजाने आधा विमानस्थलमै छा्डेर हिडेपछि मन्त्री आलेले आकस्मिक छड्को जाँच गरेका हुन् ।

मन्त्री आलेकै पहलमा छुटेका बालबच्चा सहितका ७ यात्रुलाई आज विहानको उडानबाट भोजपुर पठाईएको छ । नेपाल एयरलाईन्सको लापरवाहीका कारण यात्रुहरु छुट्न गएको प्रारम्भिक अनुगमनमा देखिएको बताउँदै मन्त्री आलेले सम्बन्धीत निकायलाई अनुसन्धान गरि दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् । मन्त्री आलेले अनुगमनका क्रममा विमान छुटेर अलपत्र परेका यात्रु तथा विमानस्थलका कर्मचारीहरुसँग डोमेस्टीकको टर्मिनल भित्रै छलफल गरेका थिए ।

अनुगमनपछि संचारकर्मीसँग कुरा गर्दै मन्त्री आलेले भने, ‘विभानस्थलमा धेरै कमिकमजोरी देखें । ट्याक्सीमा जथाभावी भाडा लिने, कफि सपमा महंगो मुल्य असुल्ने देखिएको छ । यसलाई नियमन गर्नुपर्दछ । भोजपुरमा उडेको विमान आधा उडाउने आधा छोडेर जाने भनेको लापरवाही देखियो । गल्ती गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *