विमानस्थल सुरक्षामा चरम लापरबाही : बिना पासपोर्ट र टिकटका व्यक्ति चढे कतार जाने प्लेन

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा चरम लापरबाही भएको पुष्टि हुने एक घटना बाहिरिएको छ। पासपोर्ट र टिकट समेत नभएका व्यक्ति दर्जनौं प्रहरी र अध्यागमनको चेकपोष्ट छल्दै कतार जाने विमानमा चढेको पाइएको छ।

घटना फागुन ९ गते राति पौन ११ बजेतिरको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहा जान लागेको नेपाल वायुसेवा निगमको जहाजमा एक युवक चढेका थिए। विमानका कर्मचारीले उनको कागजात जाँच गर्ने क्रममा पोसपोर्ट, टिकट समेत नपाइएपछि विमानस्थल सुरक्षामा चरम लापरबाही भएको पाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *