धनगढीमा बाक्लो हुस्सुका कारण आजका अधिकांश हवाइ उडानहरु प्रभावित

धनगढी ! बिहानदेखिको बाक्लो हुस्सुका कारण काठमाडौंबाट धनगढीका अधिकाङ्स हवाइ उडानहरु प्रभावित बनेका छन् ।
यात्रुहरु बिहानैबाट एयरपोर्टमा काठमाडौं जान आइपुगेपनि धनगढीमा बाक्लो हुस्सुका कारण काठमाडौंबाट कुनैपनि फ्लाइटहरु आउन सकेका छैनन् ।

बिहान ११:३० बजेको सौर्य एयरलाइन्सले त आज धनगढी देखि काठमाडौंको उडान रद्ध नै गरेको छ भने बाकी बुद्ध एयर र श्री एयरमार्फत काठमाडौं जाने यात्रुहरु बिहानैबाट एयरपोर्टमा प्रतिक्षारत छन् । धनगढीको मौसमले गर्दा काठमाडौंबाट कुनैपनि एयरलाइन्सहरुले नियमित उडान भर्न नसकेकाले यात्रुहरु मारमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *