कुवेतको जजिरा एयरवेजले भैरहवाबाट पुनः उडान भर्दै

काठमाडौं ! कुवेतको जजिरा एयरवेजले मार्च ९ अर्थात् फागुन २५ गतेदेखि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट पुनः उडान गर्ने भएको छ । जजिराले भैरहवाबाट पुरानै तालिका अनुसार  भैरहवा–कुवेत–भैरहवा उडान गर्ने भएको हो ।

जजिराले यसअघिकै जस्तो हप्तामा ३ उडान गर्नेछ । मंगलबार, बिहीबार र शुक्रबार उडान गर्ने जनाइएको छ ।

तालिका अनुसार मंगलबार, बिहीबार र शुक्रबार बिहान ७ः१५ बजे गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुने र ८ः०५ बजे कुवेतका लागि उड्ने छ ।

यसअघि मौसमको कारण देखाउँदै गौतमबुद्ध विमानस्थलबाट जजिराले उडान रोकेको थियो । झण्डै २ महिनापछि पुनः उडान सुरू गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *