काठमाडौं ! नेपाल वायुसेवा निगमले ५ वटा जहाज लिलामीमा राखेको छ । निगमले २ वटा एमए–६० र ३ वटा वाई–१२ ई जहाज लिलामीमा राखेको हो ।
लिलामीमा राखेका यी यी चिनियाँ जहाजहरु २०७७ साउन १५ देखि ग्राउण्डेड छन् ।
निगमले यी जहाज हालकै अवस्थामा लिलामी गर्न टेन्डर आह्वान गरेको हो । टेण्डरमा ४ फेब्रुअरी ४ अर्थात् आगामी माघ २१ गतेसम्म आवेदन दिने म्याद छ ।