इजरायलबाट आज नेपाली विद्यार्थीको उद्दार गरिंदै

काठमाडौं ! इजरायलबाट नेपाली ल्याउनको काठमाडौँमा उडेको नेपाल एयरलाइन्सको जहाज दुबई ल्याण्ड भएको छ। नेपाली समय अनुसार बिहान ८:२५ बजे जहाज दुबईमा ल्याण्ड भएको हो ।

बिहान ४ बजे नेपाल एयरलायन्सको आरएनआर २२९ जहाज दुबई उडेको थियो । अब सो जहाज दुबईबाट इजरायल गएर त्यहाँ रहेका नेपालीलाई लिएर फर्कने छ ।

जहाजमा परराष्ट्र मन्त्री एनपि साउद र मन्त्रालयका सहसचिव शरदराज आरण पनि इजरायल गएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालीहरुको उद्दारको लागि परराष्ट्रमन्त्रीलाई संगै पठाउने निर्णय गरेको थियो ।

सो जहाजले नेपाल फर्कन नाम टिपाएका मध्ये २५४ जना विद्यार्थीलाई नेपाल ल्याउने छ। नेपाल फर्कन करिब ४५० ले नाम टिपाएका छन् ।

हमास समुहले शनिबार इजरायलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको समेत मृत्यु भएको थियो। तर मृतकको शव भने आज नल्याईने भएको छ। इजरायल सरकारले शव हस्तान्तरण गर्न बाँकि रहेको र शव ल्याउने प्रक्रिया ढिलो हुने भएकोले शव नल्याइने मन्त्रालयले जनाएको छ । उक्त जहाज नेपाली विद्यार्थी लिएर आज बेलुका ९:१० बजे काठमाडौँ आईपुग्ने छ।

हमास समुहको आक्रमणपछि इजरायलले युद्दको अवस्थाको घोषणा गरेको छ ।