हिमालय जेटले अब यूरोपका ३ देशबाट सिँधै नेपाल उडान गर्ने

काठमाडौं ! बेलायतबाट सञ्चालनमा आउन लागेको ‘हिमालय जेट’ एयरलाइन्सले यूरोपका ३ देशबाट नेपालमा सिँधा उडान गर्ने भएको हो । हिमालय जेटले बेलायत, फ्रान्स र जर्मनीबाट सिँधा नेपालमा उडान गर्ने भएको हो ।

कम्पनीले आगामी सेप्टेम्बर (दशैँ अगाडी)बाट बेलायतको लन्डन र म्यानचेस्टर, फ्रान्सको पेरिस र जर्मनीको फ्र्यांकफर्टबाट नेपालमा सिँधा हवाई उडान गर्ने भएको हो ।

हिमालय जेट आफ्नो आधारिक पेजमा जानकारी गराए अनुसार कम्पनीले १८ वटा वाइड बडी जहाजबाट लामो दुरीका गन्तव्यमा उडान गर्ने भएको हो ।

हिमालय जेट एयरलाइन कम्पनीका सञ्चालक दीपेन्द्र गुरुङ नेपाली मूलका बेलायती व्यवसायी हुन् ।

कम्पनीले  पहिलो चरणमा १८ थान वाइड बडी जहाज उडाउन ५५ क्याप्टेन र ५५ कोपाइलट भर्ना गर्न दर्खास्त माग गरेको छ । कम्पनीले नेपालसहितका गन्तय मूलुकका लागि २ हजार ५ सय कर्मचारी मागेको छ ।

कम्पनीले विभिन्न देशका ३० गन्तव्यमा उडान गर्ने महत्वकांक्षी लक्ष्य लिएको छ । कम्पनीले १६ देशमा जिएसए (आधिकारिक बिक्री प्रतिनिधि) पनि मग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *