आज श्री एयरलाइन्सका सबै उडान स्थगित हुने : यस्तो छ कारण

काठमाडौं । आज श्री एयरलाइन्सका सबै उडान स्थगित हुने भएका छन् । श्री एअरलाइन्स प्रालिले आज आइतवारका लागि पुर्व निर्धारित सबै उडानहरु स्थगित गरेर विमान परिक्षण गर्ने भएको हो ।

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिवार जारी गरेको प्रेस नोट अनुसार आइतबारका सबै उडान स्थगित गरिएको छ । उनका अनुसार श्री एअरलाइन्सका सबै उडान स्थगित गरी आइतवार दिनभर कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको छ ।

सोमबारदेखि भने सबै उडान नियमित रुपमा सञ्चालन हुनेछन्  । शनिबार काठमाडौंबाट धनगढीका लागि दिउँसो ३ः३० बजे उडेको विमानमा प्राविधिक समस्या आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *