हिमालय जेटले माग्यो नेपाल सहित १७ देशका लागि झन्डै ८ सय कर्मचारी

काठमाडौं ! अन्तराष्ट्रिय वायुसेवा कम्पनी ‘हिमालय जेट’ ले भारि संख्यामा कर्मचारीको माग गरेको छ। नेपाल सहित विश्वका बिभिन्न देशका लागि हिमालय जेटले करिब आठ सयको संख्यामा कर्मचारीको माग गरेको हो।

नेपाल सहित विश्वका १७ देशका लागि व्यवस्थापक सहित ८ पदका लागि ७ सय ४३ कर्मचारीको माग गरिएको हिमालय जेटले जनाएको छ। कम्पनीले युके,फ्रान्स,जर्मनी,इटाली,स्विजरल्याण्ड,स्पेन,अमेरिका पश्चिमी तट,अमेरिका पूर्वी तट,जापान,मकाउ,हंगकंग,सिंगापुर,युएई,साउदी,इन्डिया ,नेपाल र अस्ट्रेलिया देशका लागि ७  सय भन्दा बढी कर्मचारी माग गरेको हो ।

देश व्यवस्थापक , प्रमुख सञ्चालन अधिकृत (सिओओ), प्रमुत वित्त अधिकृत (सिएफओ), प्रमुख प्रविधि अधिकृत (सिटिओ), प्रमुख वाणिज्य अधिकृत (सिएमओ), प्रमुख प्राप्ति तथा खरिद अधिकृत (सिएपी), प्रमुख ग्राहक सेवा अधिकृत र प्रमुख प्रशासन तथा मावन संशाधन अधिकृत गरी आठ उच्च कार्यकारी अधिकृतका लागि दर्खास्त आह्वान गरेको हो।

नेपाली मूलका बेलायती व्यवसायी दिपेन्द्र गुरुङले संचालन गरेको ‘हिमालय जेट’ बेलायतको राजधानी लन्डनमा दर्ता भएको अन्तराष्ट्रिय वायुसेवा कम्पनी हो। हिमालय जेटले काठमाडौं, नयाँदिल्ली र मुम्बईलाई युरोपका लन्डन र पेरिसमा सिधा प्रिमियम उडानमार्फत जोड्ने योजना बनाएको छ।

हिमालय जेटले काठमाडौंबाट युरोप जाँदा बीचमा लामो ‘ट्रान्जिट’ घटाएर सिधा उडान गर्ने योजना बनाएको छ । हिमालय जेटले नेपालका हिमाली क्षेत्र घुम्न चाहने युरोपेली पर्यटकलाई सिधा उडानमार्फत नेपाल ल्याउन मद्दत गर्ने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *