पोखरा विमानस्थलमा चीनबाट आएको चार्टर विमान अवतरण

काठमाडौं ! चीनको छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको चार्टर विमान पोखरा विमानस्थलमा अवतरण गरेको छ । चीनसँग सीमा जोडिएको संखुवासभा हुँदै नेपाल छिरेको जहाज आज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

१ सय ३० जना आउने भनिएको विमानमा कति जना आएका छन् खुलेको छैन । चीन भ्रमणमा रहेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित नेपालका सांसद, चिनियाँ पर्यटक र खेलाडी उक्त विमानमा पोखरा आएका छन् ।

अध्यक्ष तिमिल्सिना, ७ सांसदसहित ९ जना गत जेठ २७ गते काठमाडौंबाट चीन भ्रमणमा गएका थिए । उनीहरू त्यही विमानमा पोखरा आएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *