भ्रम फैलाउने फ्लाइ दुबईका ‘कन्ट्री म्यानेजर’लाई काठमाडौं एयरपोर्ट प्रवेशमा रोक

काठमाडौं ! हिजो सांझ काठमाडौँबाट दुबई उडानका क्रममा समस्या देखिएको फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको हल्ला फैलिएपछि नागरिक उड्ययन प्राधिकरणले फ्लाई दुबईका अधिकारीहरुलाई कारबाही गरेको छ । प्राधिकरणका अनुसार फ्लाइ दुबईका नेपालस्थित ‘कन्ट्र म्यानेजर’ र एयरपोर्ट म्यानेजरलाई कारबाही गरिएको हो ।

उनीहरुलाई  विमानस्थल प्रवेशमा रोक लगाइएको प्राधिकरणले जनाएको छ । उनीहरुको एयरपोर्ट पाससमेत निष्क्रिय पारिएको छ ।

काठमाडौँबाट सोमबार राती ९ः१९ बजे दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको बताइएको थियो । काठमाडौँ विमानस्थलबाट उड्नासाथ जहाजमा आगोको झिल्का देखिएको थियो भने विष्फोट भए जस्तो आवाज आएको थियो ।

तर, फ्लाई दुबईका प्रवक्तालाई उधृत गर्दै दुबई मिडिया अफिसले जहाजमा चरा ठोक्किएको उल्लेख गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *