चालक दलको कुशलताले फ्लाइ दुबईको विमान दुबईमा सकुशल अवतरण

काठमाडौँ– चालक दलको कुशलताले फ्लाइ दुबईको बोइङ ७२७-८ केएन विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको छ।

त्रिभुवन विमानस्थल काठमाडौँबाट सोमबार राति ९ बजेर २१ मिनेटमा उड्नेबित्तिकै काठमाडौँकै आकाशमा आगलागीमा परेको थियो। काठमाडौँ विमानस्थलका अधिकारीहरूले इन्जिन फेल भएको बताएका थिए।

जहाजको इन्जिनमा लागेको आगो निभेपछि पाइलटले नियमित उडानको अनुमति मागेको थिए।

इन्दिरा गान्धी एअरपोर्ट नयाँ दिल्लीमा अवतरण गर्ने भनिए पनि जहाजको अवस्था सामान्य भएपश्चात् दुबईतिर लागेको हो। दुबईका मिडियाहरुले काठमाडौं एयरपोर्टबाट उड्नेक्रममा विमानमा चरा ठोक्किएको प्रतिक्रिया दिएका छन् । घटनाको विस्तृत विवरण भने आइसकेको छैन । यता नागरिक उड्डयन प्राधिकरणले पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *