दुर्घटनाबाट जोगियो समिट एयरको जहाज

काठमाडौं ! रामेछापको मन्थली विमनस्थलमा समिट एयरको जहाज दुर्घटनाबाट जोगिएको छ । अवतरणको क्रममा पांग्रा पङ्चर हुँदा पनि जहाज दुर्घटना भने नहुँदा ठूलो क्षति टरेको छ ।

आइतबार लुक्लाबाट रामेछाप विमानस्थलमा आएको समिटको जहाजको पाङ्ग्रा पङ्चर भएपछि जहाज धावनमार्गमै अड्किएको छ । समिट एयरको ९एन एएमजी कल साइनको जहाज देब्रे तिरको पाङ्ग्रा पङ्चर भएको हो ।

धावन मार्गको बीचमै जहाज अड्किए पनि चालक दलका सदस्य र सबै यात्रु सकुशल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *