भैरहवा जाँदै गरेको श्री एयरको इन्जिनमा आगो देखियो

काठमाडौं । काठमाडौंबाट भैरहवा जाँदै गरेको श्री एयरको विमानमा एक्कासी आगो देखिएको छ । इन्जिनमा आगो देखिएपछि उक्त विमानलाई काठमाडौंमा अवतरणको तयारी भएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले भैरहवातर्फ उडिसकेको जहाजको इन्जिनमा आगो देखिएपछि काठमाडौंमा अवतरणको तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *